काठमाडौं: महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

शुक्रवार साँझमात्रै १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । त्यसअघि दुईजनालाई संक्रमण देखिएको थियो । शुरुमा देखिएका दुईजनाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका ३३ प्रहरीको पीसीआर जाँच गर्दा १७ जनाको कोभिड–१९ पोजेटिभ रिपोर्ट आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले जानकारी दिए ।

संक्रमित ट्राफिकलाई प्रहरी अस्पताल महराजगञ्जको आइसोलेशनमा भर्ना गरिएको छ । रिपोर्ट नेगेटिभ आएका ट्राफिक प्रहरीहरु नियममित ड्युटी गरिरहेका छन् ।

त्यस्तै, महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा १४ जना ट्राफिकलाई कोरोना संक्रमण देखिएको छ । महाराजगञ्जका संक्रमित मध्ये दुईजना कोरोना जितेर नियमित ड्युटीमा फर्किसकेका छन् ।
काठमाडौं उपत्यकामा हालसम्म ११० जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version