काठमाडौँ: पछिल्लो १२ दिनमा निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी ट्राफिक प्रहरीको कारवाहीमा परेका छन्।

भदौ तीन गतेबाट आजसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ। उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।

अत्यावश्यक सेवा क्षेत्र बाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरुलाई होल्डमा राखेर कारवाही गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकालले बताए। सुरुका दिनभन्दा पछिल्लो समय नागरिक सचेतना बढेकाले अनावश्यक बाहिर निस्किनेहरुको संख्या कम रहेको उनले बताए।

सर्वसाधारणले निषेधाज्ञा पालना गरिरहेको उनले बताए। जोखिम बढेसँगै नागरिकहरुमा सचेतना बढेको छ भने ट्राफिक प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ। प्रशासनले स्वास्थ्य, सुरक्षा, सञ्चारमाध्यम, खाद्यान्न, तरकारी, फलफुल खानेपानी, दुध, इन्धन, ग्यास लगायतका सवारीलाई निर्वाध रुपमा सञ्चालन हुन दिएको छ।

सुरुमा एक साताका लागि निषेधाज्ञा जारी भएपनि संक्रमण बढ्ने क्रम नरोकिएपछि थप एक साता निषेधाज्ञा थप भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version