काठमाडौँ: अघिल्लो साता देखि निरन्तर घटिरहेको पूँजी बजारमा सुधारको संकेत देखिएको छ । आज सेयर बजार परिसूचक नेप्से ६ दशमलब ६१ अंकले बढेर एक हजार १८० दशमलब ९८ अंकमा कायम भएको छ ।

होटल र अन्य समूह बाहेक सबै समूहको परिसूचकमा वृद्धि भएको छ ।

आजको कारोबारमा सबैभन्दा जीवन बीमा ५० दशमलब ०१ अंक, लघुवित्त १५ दशमलब ६ अंक, निर्जिबन बीमा १३ दशमलब ०१ अंक र बित्त समूह १० दशमलब ३९ अंकले घटेका छन् ।

त्यसैगरी, बाणिज्य बैंक ६ दशमलब ८७ अंक, विकास बैंक १४ दशमलब ६८ अंक र लघुवित्त ६ दशमलब ३४ अंकले बढेको छ ।

यधपी, होटल र अन्य समूहको परिसूचक क्रमश: १ दशमलब ४१ अंक र ३ दशमलब ३९ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार २७८ कारोबारबाट १८ करोड ९५ लाख ८६ हजार ७३५ रुपैयाँ बराबरका ७ लाख ३२ हजार ७२५ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version