काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले आज पुल्चोकमा भएको कुटपिटबाट घाइते भएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
ढकालले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधज्ञा र जनता जोगाउन अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरीमाथि त्यसरी सामूहिक रुपमा निर्घात कुटपिट गर्नु अमानविय मात्रै नभई कानुन विपरितसमेत भएकोले उनीहरुलाई पक्राउ गरेर कानुनी कारबाही हुने बताए ।
घिमिरेलाई रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शनकारीले निर्मतापूर्वक आक्रमण गरेका थिए । घाइते घिमिरेको ललितपुर, जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।
