काठमाडौँ: काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९६ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ६ सय २० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना छन्।

अहिलेसम्म काठमाडौंमा ८ हजार १ सय ६ जना, ललितपुरमा एक हजार ५४ र भक्तपुरमा आठ सय ५२ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version