काठमाडौं: नेपाली चलचित्रका सम्पादक अनिल गौतमको सडक दुर्घटनामा मृत्यु भएको छ ।

 

गए राति १०ः ५५ बजे बानेश्वरबाट कौसलटारस्थित निवास फर्कने क्रममा तीनकुनेस्थित मुन्नी भैरव नजिक उनी चढेको बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०१–००३ क ४५६३ नम्बरको टिपरले ठक्कर दिदा उनको मृत्य भएको हो ।

 

दुर्घटनापछि बानेश्वरको सिभिल अस्पताल पुर्याइएको गौतमको उपचारको क्रममा निधन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

टिपर चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । चलचित्र बिकाश कम्पनीलगायत बिभिन्न ठाउँमा रहेर  थुप्रै नेपाली चलचित्रको सम्पादन गरेका गौतम पछिल्लो समय प्राइम टेलिभिजनसँग आवद्ध रहेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version