काठमाडौँ: नेपाल गुणस्तर तथा नापतौल विभागले ताेकिएकाे गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारवाही गरेको छ।

 

विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा जगदम्बा स्टील्स प्रालि बारा र मङ्गला सिमेन्ट उद्योग प्रालि धादिङलाई कारवाही गरेको हो। नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले ती उद्योगलाई कारवाही गरिएको विभागले जनाएको छ।

 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारवाही गरिएको जानकारी दिए।

 

विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसारको कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको हो।

 

जगदम्बा स्टील्सको सङ्कलित नमूनामा कार्बनको मान ०.३५ प्रतिशत हुनुपर्नेमा ०.३० प्रतिशत र सल्फरको मान ०.६० प्रतिशत हुनुपर्नेमा ०.५५ प्रतिशत पाइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version