चौतारा: सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ । आयोजनाको चार हजार ५०० मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको शिवश्री हाइड्रो पावर कम्पनीले जनाएको छ ।

जुगल-३ को पाङरपु र लिदी नजिक निर्माण गरिएको बाँध निर्माणको काम ८५ प्रतिशत भएको छ । यस्तै बैकुण्ठेमा विद्युत् गृह पनि तयार भएको छ । विभिन्न प्राकृतिक विपद् र कोभिड-१९ को महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकेलिए पनि आगामी माघसम्म विद्युत् उत्पादन गर्ने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले बताए।

आवश्यक मेसिनरी सामान राजधानी भित्रिइसके पनि आयोजना स्थलमा पुर्याउन नसकिएको कम्पनीले जनाएको छ । २२ किलोमिटर प्रसारण लाइनको ६० टावरमध्ये ५० वटाको फाउन्डेसन तयार भइसकेको छ । शुरुमा ६ अर्बको लागत अनुमानसाथ निर्माण थालिएको आयोजनाको लागत बढेर हाल सात अर्ब पुगेको जनाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version