काठमाडौँ:काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् । भदौ १५ गते कोरोना पुष्टि भएका शाक्यको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो । परीक्षणका लागि स्वाव शनिबार दिएको र आज नेगेटिभ रिपोर्ट आएको हो ।

अब केही दिन निवासमै आरामपछि उनी नियमित काममा फर्किने उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमण भएपछि शाक्य केही दिन घरमा र त्यसपछि होटल सोल्टीको आइसोलेशनमा बसेका थिए । शाक्य होटल आइसोलेशनमा बसेकोबारे विभिन्न टिकाटिप्पणी समेतभएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version