काठमाडौं : अब निजी ल्याबमा कोरोना परीक्षण गरेर पोजेटिभ रिपोर्ट देखिएमा पनि बिमा रकम भुक्तानी पाइने भएको छ ।

बिमा समितिले कोरोना बिमा मापदण्ड, २०७७ तथा कोरोना बिमा लेखमा संशोधन गर्दै यस्तो निर्णय गरेको हो । यसअघि निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएमा बिमा रकम भुक्तानी नगर्न दिएको निर्देशनबाट बिमा समितिपछि आफैं पछि हटेको हो ।

 

 

निजी ल्याबहरुको चर्को दबाबपछि समितिले फेरि भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

संशोधित व्यवस्था अनुसार प्रयोगशालामा काम गर्ने कर्मचारीहरुले भने आफू कार्यरत बाहेकका प्रयोगशालामा परीक्षण गराएको रिपोर्ट बुझाएमात्र बिमा भुक्तानी पाउने छन् ।

संशोधित मापदण्डमा भनिएको छ, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीको बिमा दाबीका लागि आफ्नो अस्पताल, प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालामा बाहेक अन्य स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्नेछ ।’

बिमा समितिले बिमा रकम दाबी गर्न निजी र सरकारी प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नुपर्ने जनाएको छ ।

बिमा कम्पनीहरुलाई संक्रमितले पेश गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरिएको छ । कोरोना बिमाको सबै प्रक्रिया पूरा गरेपछि ७ दिनभित्र दाबी भुक्तानी गर्न समेत समितिले निर्देशन दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version