काठमाडौं: चन्द्रागिरि हिल्सले दसैतिहारको अवसर पारेर विशेष अफर ल्याएको छ।
कम्पनीले चन्द्रागिरि केवलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिर्सोटमा ६५ सय रुपैयाँमा एक जोडीलाई ब्रेकफास्ट र डिलक्स रुमसहितको प्याकेज ल्याएको छ।
यो अफर बुधबारदेखि कार्यान्वयनमा आउनेछ भने मंसिर १५ गतेसम्म लागु हुनेछ। सरकारले निषेधाज्ञा खुला गरेपछि चन्द्रागिरि केवलकार संचालनमा आइसकेको छ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
