काठमाडौं : संसदको लेखा समितिले विवादित स्वास्थ्य सामग्री खरिद प्रकरणमा सोधपुछ गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने निर्णय गरेको छ।

 

आगामी बैठकमा ढकालसँग छलफलका लागि बोलाउने निर्णय भएको लेखा समितिले जानकारी दिएको छ।

 

यसअघि सचिव, स्वास्थ्य सेवा विभागका प्रमुखलाई पनि बोलाएर समितिले छलफल गरेको थियो।

 

ओम्नीसँग खरिद गरेका सामग्रीमा भ्रष्टाचार भएको सार्वजनिक भएपछि संसदको लेखा समितिले अध्ययन गरेको थियो। अध्ययनमा प्रचलित बजारको दरभन्दा महँगोमा मेडिकल सामग्री खरिद भएको समितिले अध्ययनका लागि गठन गरेको उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ। तर सरकारले भने संकटका बेला सामान नपाइएकाले केही सामग्री महँगो पर्न गएपनि भ्रष्टाचार भने नभएको तर्क गर्दै आएको छ।

 

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेका छन्। तर ती उजुरीमाथि अख्तियारले अध्ययन अघि बढाएको बताएपनि देखिने गरी कुनै काम भने सार्वजनिक भएको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version