काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा १ हजार ५१३ थप जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा २० हजार २९६ सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै देशभरमा ९ हजार ६८९ संस्थागत आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा १० हजार ८९१ पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version