काठमाडौँ: सरकारको प्रयास अन्तर्गत मंगलबार सम्ममा विभिन्न मुलुकबाट ८३ हजार २५ जना नेपालीको उद्दार गरिएको छ।

 

सीसीएमसीले आज जारी गरेको एक बिज्ञप्ति अनुसार संयुक्त अरव इमिरेट्सबाट सबै भन्दा बढी २४,२४८ नेपालीको उद्धार गरिएको छ। त्यसैगरी साउदी अरवबाट १२,९५६ र कतारबाट ११,९१७ जनाको उद्धार भएको छ।

मंगलबार मात्रै सरकारले विभिन्न विमान मार्फत ११ सय ७८ जनाको उद्धार गरेको थियो।

 

त्यस्तै मलेसियाबाट ११,९५८ जनालाई स्वदेश ल्याइएको छ भने सबैभन्दा कम ५ जना श्रीलंकाबाट आएका छन्।

 

यस्तै प्रदेश अन्तर्गत बागमती प्रदेशबाट १८,३२० र प्रदेश एकबाट १४,७८६, प्रदेश दुई बाट १२,२२२ जना आएका छन्। त्यस्तै, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशबाट ९१०२, ११,७३६, १,५३७, र १,७५३ जना कोभिड-१९ का कारण नेपाल फर्किएका छन्। यी मध्ये १३,५६९ जना स्वदेश फर्किएकोमा उनीहरुको प्रदेश खुलेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version