काठमाडौँ: नेपाली बजारमा बुधबार सुनचाँदीको दुबैको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

 

नेपाली बजारमा मंगलबार सुनचाँदीको दुबैको भाउमा वृद्धि भएको थियो । महासंघका अनुसार मंगलबार सुन तोलामा ९०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको थियो ।

 

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको ९४ हजार २०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १९० रुपैयाँ निर्धारण गरिएको छ ।

 

मंगलबार छापावाला सुनको भाउ ९४ हजार २०० रुपैयाँ, तेजाबी सुन ९३ हजार ७०० रुपैयाँ तथा चाँदी तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

 

सोमबारका लागि छापावाला सुनको भाउ ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुनको ९२ हजार ८०० रुपैयाँ तोकिएको थियो । यस्तै चाँदी तोलाको १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

 

सोमबार सुनचाँदी दुबैको भाउ स्थीर थियो । यसअघि आइतबार भने सुन तोलामा ६०० रुपैयाँ र चाँदीको तोलामा १० रुपैयाँले घटेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version