बाँके : कोरोना भाइरस (कोभिड–१९) बाट बाँकेमा हाड जोर्नी रोग विशेषज्ञ डाक्टरको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बूका अनुसार भेरी अस्पताल नेपालगन्जमा दरबन्दी भए पनि क्षेत्रीय अस्पताल सुर्खेतमा काजमा रहेका डाक्टरको बिहीबार दिउँसो कोरोनाबाट निधन भएको हो ।

भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बेला दिउँसो पौने तीन बजेतिर उनको निधन भएको हो । योसँगै एकैदिन बिहीबार कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version