काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार तथा एक स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको छ।

 

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीको कोरोना संक्रमण देखिएको हो।

 

‘हाम्रो अवस्थामा सामान्य छ। होम आइसोलेसनमा बसेका छौँ’, प्रेस सल्लाहकार थापाले भने, ‘तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा संक्रमण देखिएको हो।’

 

शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो।

 

‘केही सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ। सबैलाई व्यक्ति रुपमा जानकारी आएकाले यति नै भन्ने यकिन छैन’, थापाले भने।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको भने शुक्रबार पीसीआर परीक्षण गरिएको छैन। ‘बेलाबेलामा उहाँको पनि कोरोना परीक्षण हुने गरेको छ। तर शुक्रबार भने भएको छैन’ थापाले भने।

 

आफूहरु संक्रमित भएको जानकारी तीनै सल्लाहकारहरुले सामाजिक सञ्जालमार्फत पनि दिएका थिए। उानीहरुले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन्।

 

गत साता प्रधानमन्त्रीको निजी चिकित्सक डा‍‍. दिव्यासिंह शाह कोरोना संक्रमण भएकी थिइन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version