काठमाडौँ: सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड को साधारण शेयर (आईपिओ) मा आजदेखि आवेदन खुला भएको छ ।
कम्पनीले असोज २१ गते बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ शेयर निष्काशन गरेको हो ।
कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टाएइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणकले आवेदन दिन सक्नेछन् ।
साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
यो निष्काशनमा पनि आवेदन गर्ने एक सय जनामा ६५ जनाले आईपीओ नपाउने हुँदा यो आईपीओमा पनि १० कित्ताको आवेदन नै प्रयाप्त हुनेछ ।
आईपीओमा मेरो शेयर सफ्टवेयरका साथै नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट असोज २५ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।
