काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

मन्त्रालयका अनुसार ४ जना महिला र ८ जना पुरुषको कोरोनाले मृत्यु भएको छ । काठमाडौंमा एक महिला र २ पुरुष, ललितपुर, भक्तपुरमा र सुर्खेतमा १-१ जना महिलाको मृत्यु भएको छ ।

त्यसैगरी चितवनमा ३ जना पुरुष, सुनसरी, धनुषा र कास्कीमा १-१ जना पुरुषको मृत्यु भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version