काठमाडौँ : साताको अन्तिम दिन आज ९बिहीबार० शेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ११.३४ अंकले घटेर १५८९.६३ मा पुगेको छ । नेप्से ०।७१ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १।६५ अंकले घटेर ३१४।७४ मा पुगेको छ ।
कूल १९३ वटा कम्पनीको एक करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी, स्टकका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ।
लगानीकर्ताले छानी छानी फाइनान्सका शेयरमा लगानीगर्दा एक सातायतादेखि बढ्दै आएको जलविद्युतका शेयरमा पनि भारी गिरावट आएको छ भने माइक्रोफाइनान्स र म्युचुअल फण्डका लगानीकर्ताले कमाएका छन ।
