दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको छ।

 

सास फेर्न गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा आज शुक्रबार बिहान साढे १० बजे बाटामा नै उनको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए।

 

नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version