काठमाडौं:  कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाएका छन् ।
मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएको सचिवालयका एक नेताले जानकारी दिए ।
मंगलबार दिउँसो पत्र पठाउँदै दुई अध्यक्षले उत्पन्न पछिल्लो विवादबारे छलफल गर्न उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनेका हुन्।
मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको छ। उनीहरुलाई काठमाडौं झिकाएपछि मंगलबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको सहमति तत्काललाई रोकिएको छ ।
नेपाल पक्षका केही सांसदलाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएको थियो । उक्त सहमतिपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका नेता नेपाल निकट सांसद फिर्ता भएका थिए ।
नेकपा कर्णाली प्रदेश कमिटीमा इन्चार्ज जनार्दन शर्मा, सहईन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मयाप्रसाद शर्मा रहेका छन् ।
Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version