काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको बताए।

आज देशमा सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ। उनका अनुसार आज देशभरका संस्थागत आइसोलेसनमा १४ हजार ६७६ रहेका छन्।

 

त्यस्तै पछिल्लो २४ घण्टामा २० हजार ११८ थप पीसीआर परीक्षण भएको छ।

 

प्रवक्ता गौतमका अनुसार आज देशभरबाट थप२ हजार ९९६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version