एजेन्सी: इन्डियन प्रिमियर लिगमा (आईपीएल) मा किंग्स इलेभेन पञ्जावले आफ्नो उत्कृष्ट पुर्नआगमन कायम राखेको छ।

 

सोमबार भएको खेलमा किंग्स इलेभेन पञ्जावले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हरायो। यो जितपछि पञ्जाव १२ अंकका साथ लिगको चौथो स्थानमा उक्लिएको छ भने कोलकाता पाँचौं स्थानमा झरेको छ।

 

प्रतियोगितामा कमजोर सुरुआत लिएको पञ्जावले पछिल्लो समय राम्रो प्रदर्शन गर्न थालेको छ। सोमबारको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा नौ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।

 

जवाफमा पञ्जावले १८.५ ओभरमा दुई विकेट गुमाएर १ सय ५० रन बनायो। पञ्जावका लागि प्रारम्भिक ब्याट्सम्यान मन्दीप सिंहले ६६ रन बनाए। उनी नटआउट रहे । उनले आठ चौका र दुई छक्का प्रहार गरे।

 

पञ्जावका लागि क्रिस गेलले ५१ रन बनाए। २९ बलमा उनले अर्धशतक बनाए। कोलकाताका लागि शुभमन गिलले सर्वाधिक ५७ रन बनाए। कोलकाताका इयोन गीलले ४० रन बनाउनुका अलवा अन्य ब्याट्सम्यान चलेनन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version