काठमाडौं: पूर्व संचारमन्त्री एबम नेकपाका नेता गोकुल बाँस्कोटाले आईतबार नेकपामा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे अर्को संघिन धारणा ब्यक्त गरेका छन् ।

बाँस्कोटाले आज आफ्नो व्यक्तिगत सामाजिक संजाल फेसबुकमा एक इस्ट्याटस लेख्दै भनेका छन्, “सिद्धान्त र संगठनात्मक प्रणाली सहितकाे सङकट उत्पन्न भएकाे भए पाे सङ्कट मान्नु लेनदेनकाे ब्यापारीक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान भैहाल्छ नि।वेकारकाे हल्ला।”

उनले पूर्व एमाले र पूर्व माओवादीबीच भएको पार्टी एकता एक लेनदेनको व्यापारिक स्वार्थ मात्रै भएको र यो कुनै सैधान्तिक र सांगठानिक प्रणाली नभएर यो एक व्यापारिक स्वार्थ मात्रै हो भनेका छन् ।

पार्टीको सांगठानिक र सैधान्तिक प्रणालीमा कुनै संकट नआएकोले हाल  प्रम ओली र पार्टी अध्यक्षबीच देखिएको राजनीतिक खचपच अर्को एक नयाँ सम्झौता (व्यापारिक) भएपछी समाधान हुने र बेकारको हल्लामा नगरेकै राम्रो हुने भन्दै आफ्नो टिप्पणी जाहेर गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version