जनकपुर: प्रदेश नम्बर २ मा सेवाग्राहीबाट घुस लिएको आरोपमा नेपाल प्रहरीका सई र सशस्त्र प्रहरीका जवान पक्राउ परेका
छन् । महोत्तरी र सप्तरीमा घुस लिएको आरोपमा उनीहरु रङ्गेहात पक्राउ परेका हुन् ।

सप्तरीमा एक प्रहरी नायब निरीक्षक (सई) ५० हजार घुससहित पक्राउ परेका छन् भने महोत्तरीमा एक सशस्त्र प्रहरी जवानलाई करिब १८ हजार रुपैयाँसहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

सप्तरीको इलाका प्रहरी कार्यालय तिलाठीमा कार्यरत सिकन्दर प्रसाद कानुलाई ५० हजार घुसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले जनाएको छ ।

कानुले नियन्त्रणमा लिइएको मोटरसाइकल फिर्ता गर्न घुस मागेका थिए । जवानमार्फत उनले घुस लिएको आयोगको भनाई छ । सोही प्रकरणमा संलग्न जवान रामेश्वर मण्डल तथा स्थानीय व्यापारी जयनारायण मण्डललाई पनि आयोगले पक्राउ गरेको छ ।

त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई १७ हजार ६ सय रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version