काठमाडौँ: अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र लोकदर्शन रेग्मीको २७ गते संसदीय सुनुवाइ हुने भएको छ।

संसदीय समितिले उनीहरूलाई राजदूत नियुक्ति गर्न नपर्ने भए कारणसहित उजुरी आह्वान गरेको थियो।

उनीहरूविरूद्ध चार वटा उजुरी परेका थिए। तर उजुरीकर्ताले सम्पर्क नम्बर दिएका थिएनन्।

गत कात्तिक ३ गते समितिले उजुरीकर्तालाई सम्पर्कमा आउन आजसम्मको समय दिएको थियो। तर उजुरीकर्ता भने सम्पर्कमा आएनन्।

समिति सभापति लक्ष्मणलाल कर्णले सुनुवाइको मिति कात्तिक २७ गतेका लागि तोकेका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version