काठमाडौँ: काठमाडौंको एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन्।

बुधबार कोटेश्वरको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक युवती मृत फेला परेकी हुन्।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको हाउसको २०४ नम्बर कोठामा ती युवतीको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मृतक ललितपुरकी २५ वर्षीया अनु थापा मगर हुन्।

मंगलबार राति सो होटलमा आएर बसेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी दक्ष बस्नेतले बताए।

उनका अनुसार बिहान ढिलासम्म मृतक कोठाबाट झरेकी थिइनन्।

‘बिहान अबेरसम्म पनि झरिनन्। खान खान पनि नआएपछि स्टाफले गएर हेर्दा उनी मृत फेला परेकी हुन्,’डिएसपी बस्नेतले भने।

उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version