एजेन्सी: च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ ।

समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६५औँ मिनेटमा जेरार्ड पिकेले गोल गरि बार्सिलोनाको अग्रता दोब्बर पारे।

७५औँ मिनेटमा डिनामो किएभका लागि सिगान्कोभले एक गोल फर्काएपछि खेल २-१मा सकियो ।

जितसँगै बार्सिलोना ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version