एजेन्सी: अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्।

बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन्।

चार वर्ष अगाडि यो राज्य उनीहरूको हातबाट फुस्केको थियो।

यी राज्यमा भएको जितले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा दोहोरिने आकांक्षालाई कठिन बनाएको छ।

राष्ट्रपति पदमा आसिन हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ।

अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन्।

अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ।

हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ।

राष्ट्रपतिमा दोहोरिने चाहना कठिन मोडमा पुगेका ट्रम्पको चुनावी अभियानले विन्कन्सिनको मत पुनःगणना गर्नुपर्ने माग गरेका छन्। यस राज्यमा केही सय भोटले बाइडेन विजयी भएपछि उनीहरूले पुनः मतगणना गर्न माग गरेका हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version