काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमणको क्रममा सोलुखुम्बु पनि जाने भएका छन् । शुक्रवार विहान उनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारीक कार्यक्रम तय गरिएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यूबाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट कार्यक्रम राखिएको छ । जापानी नागरिकले बनाएको सो होटल समुन्द्री सतहबाट ८ हजार ८ सय ८० मिटर अग्लो ठाउँमा छ । त्यहाँबाट सगरमाथा नजिक देखिन्छ । छोटो सयम दृश्यावलोकन पछि उनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्कनेछन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ को नाम्चेबजारबाट पैदल हिँडेर सो होटलमा करिब १ घण्टामा पुगिन्छ । नरवणेको सोलुखुम्बु भ्रमणको कार्यक्रम नेपाली सेनाले सार्वजनिक गरेको छैन ।

‘मौसमले साथ दिए उहाँ सोलुखुम्बु जानुुहुन्छ, तर कार्यक्रम निश्चित भैसकेको छैन्’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले भने–‘मौसम अनुकुल भएका उहाँको एक प्रकारको माउन्टेन फ्लाईट जस्तो अनौपचारिक भ्रमण हुन्छ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version