काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ‘होम आइसोलेसन’ मा रहेका कोरोना संक्रमितको निगरानी गर्न टोली परिचालन गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाको वडा स्तरमा क्लष्टर खडा गरी होम क्वारेन्टिन वा आइसोलेसनमा रहेका संक्रमितको निगरानी गरिने बताएका हुन्।

दैनिक उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएका कारण मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङको कार्यलाई प्रभावकारी बनाउन उक्त तयारी गरेको हो।

पछिल्लो समय उपत्यकामा समेत ट्रेसिङ कार्य नहुँदा संक्रमण झन् तीब्र रुपमा फैलिँदै गएको छ।

साथै होम आइसोलेसनमा रहेका संक्रमितको यकिन तथ्यांक र जानकारी नहुँदा थप समस्या आउने भन्दै अब वडा स्तरबाटै टिम खडा गरी परिचालन गर्ने तयारी गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version