काठमाडौँ: जारी सिजनको आईपिएल विश्व क्रिकेट टी-२० मा देल्ही क्यापिटल्स एउटा इतिहाँस रच्दै पहिलो पटक फाइनलमा पुगेको छ । उसले हिजो आइतबार साँझ भएको हैदराबादसंगको दोश्रो दोश्रो क्वालिफायर राउण्डमा देल्हीले १७ रनले हराएको हो।
देल्हीले पहिले टस जितेर ब्याटिंग रोजेर कुल १९० रनको चुनौती पेस गरेको थियो जसमा उसको पहिलो अडरमा खेल्ने सिखर धवनले कुल ५० बल फेस गरेर ७८ रनको योगदान नै टिमका लागि महत्वपूर्ण योगदान रह्यो।
त्यस्तै जितका लागि देल्हीकै सिम्रन हिट्मायरले २२ बलमा ४२ रनको योगदान पनि उत्त्क्रिठ रह्यो भने कप्तान श्रेयस आइयर भने २० बलमा जम्मा २१ रन बनाएर मानिस पाण्डेद्वारा क्याच आउट भए।
यस्तै, हैदराबादका लागि भने मध्यक्रममा पुगेका केन विलियम्सनको ४५ बलमा ६७ रन नै टिमका लागि सबैभन्दा ठुलो योगदान रह्यो। कप्तान डेभिड वार्नर रबडाको बलमा मात्रै दुई रनमा बोल्ड भए। त्यस्तै हैदराबादका लागि मध्यक्रममा आएका अब्दुल समदले मात्रै १६ बलमा ३३ रानाका लागि योगदान गर्दा टिमकै लागि दोश्रो ठुलो रन जोड्न सफल भए। हैदराबाद २० ओभरमा ८ विकेट गुमाउंदै मात्र १७२ रनमा सीमित भयो।
देल्ही क्यापिटल देल्ही डियर्डेभिल्स हुँदै देल्ही क्यापिताल्सको रुपमा सिजन २०२० मात्रै आएर फ़ाइनल्समा पुग्न सफल भएको हो।
फ़ाइनल्समा देल्हीको भेट पुनः एक पटक मुम्बई इण्डियन्ससंग हुनेछ। फ़ाइनल्स दुबाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमी नोभेम्बर १० मा हुनेछ ।
