काठमाडौं: मंगलबार राति भएको फाइनलमा मुम्बई इन्डियन्सले पाँचौं पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि जितेको छ।

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि जितेको हो। योसँगै दिल्लीको मुम्बईलाई पराजित गर्दै उपाधि जित्ने सपना चकनाचुर भएको छ। पहिलो पटक फाइनलमा पुगेको दिल्लीले मुम्बई इन्डियन्ससँग चारपटक लगातार हार ब्यहोनुपर्यो।

खेलमा १५७ रनको मध्यम चुनौती पाएको मुम्बईले १८.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेर्टाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ ब्लमा ६८ रन बनाउँदा इशान किशनले अविजित ३३, क्विन्टन डि ककले २० र सुर्यकुमार यादवले १९ रन बनाएका थिए । बलिङतर्फ एनरिच नोर्टजेले दुई विकेट लिन सफल भए। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएसँगै मुम्बईलाई मध्यम लक्ष्य पेश गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version