काठमाडौँ: नेपालमा रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापना गरिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा उद्योग र कृषि मन्त्री सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेर उद्योग स्थापनाबारे अध्ययन गरिने भएको हो।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै बिहीबार रासायनिक मल उत्पादन गर्ने उद्योग निकट भविष्यमै स्थापना गरिने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै बसेको मन्त्रिपरिषद बैठकमा स्वदेशमै रासायनिक मल उत्पादन गर्ने एउटा उद्योग खोल्ने प्रस्ताव ल्याएपछि उक्त निर्णय गरिएको थियो।

‘उद्योग खोल्न सम्भाव्यता अध्ययन र लगानीबारे अध्ययन गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version