काठमाडौँ: नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपको जवाफ सार्वजनिक रुपमा दिनुपर्ने बताएका छन्।

प्रचण्डले शुक्रबार बसेको पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध बिभिन्न आरोप लगाएका छन्।

थापाले ती आरोप केवल सत्तारुढ दलसँग मात्र सम्बन्धित नभएको सार्वजनिक विषयहरु भएको हुँदा अब ती विषय सो पार्टीको आन्तरिक मामिला मात्र बन्न नसक्ने बताएका छन्।

यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरुलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति संघर्षबीच उठेको मनमुटावको तितो अभिव्यक्तिको रुपमा लिने भुल कम्तिमा प्रतिपक्षले गर्नेछैन,’ सांसद थापाले सामाजिक सञ्जालमार्फत् तीन–पृष्ठ लामो वक्तव्य सार्वजनिक गर्दै भनेका छन्, ‘त्यसैले फकिने र फकाउनेले यो नबिर्सिनुहोला कि अब सबै विषय नेकपा भित्रको आन्तरिक विषय रहेनन्, दुई पाइलटको मनमुटाव मात्रको विषय रहेन। अब यो राष्ट्रिय सरोकारको विषय हो, यो हाम्रो विषय हो।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version