काठमाडौं: पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।

सोही अवधीमा १ हजार ७०३ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार २३६ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ४७३ रहेको छ ।

हालसम्म संक्रमित मध्ये २ लाख ९ हजार ४३५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version