काठमाडौँ: गएको ११ चैतमा सरकारले लकडाउन घोषणा गरेपछि बन्द भएको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि खुल्ने भएको छ।

पशुपति क्षेत्र विकास कोषले न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खोल्ने तयारी गरेको हो। अब पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनले मास्क अनिवार्य रुपमा लगाएर आउनुपर्ने कोषका सचिव डा.प्रदीप ढकालले जानकारी दिए।

मन्दिर प्रवेश गर्नुअघि भक्तजनलाई स्यानीटाइजर लगाउन दिने तयारी कोषले गरेको छ। भिडभाड नगरी एकपटकमा एउटा समूहलाई मात्र मन्दिर प्रवेश गर्न दिइने छ। त्यस्तै लाइनमा बस्नेबीच दुई मिटरको दूरी कायम गरिने कोषणले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version