काठमाडौँ: उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको योग्यता सम्बन्धमा परेको रिट खारेज गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश नरिश्वर भण्डारीको संयुक्त इजलासले रिट निवेदकको दाबी नपुगेको आधार देखाउँदै रिट खारेज गरेको हो ।

खुला प्रतिस्पर्धाबाट बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका भट्टको योग्यता नपुग्ने दाबी गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका थिए ।

मन्त्रिपरिषदको साउन १९ गतेको बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

उनी प्रमुख कार्यकारी अधिकृत भएपछिको लगानी बोर्डको पहिलो बैठकले ३८ अर्ब रूपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरिसकेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version