काठमाडौं: प्रा.डा. गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका केसी बिहीबार साँझ डिस्चार्ज भएका हुन् ।

कोरोनासँग मिल्दो लक्षण देखिएपछि कात्तिक २७ गते स्वाब परीक्षणका लागि दिएका केसीको रिपोर्ट कात्तिक २८ गते पोजिटिभ आएको थियो ।

संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका केसी आज डिस्चार्ज भएका हुन् । उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version