काठमाडौँ: एक पछि अर्को गर्दै राजधानीमा दिन दिनै जस्तो अर्धनग्न प्रदर्शनहरु हुन थालेपछि अहिले केपी शर्मा ओली नैतिक रुपले अप्ठ्यारोमा परिरहेका छन् ।

तस्बिर: विकास श्रेष्ठ

 

शुक्रबारमात्रै एक पुरुषले राष्ट्रिय जनावर गाई हुनु हुन्न भन्दै पुरै लुगाई फुकालेर सिंहदरबारको सार्वजनिक सडकमा सरकारको विरोध गरेका थिए भने ठीक आज शनिबार अपरान्ह पनि सोहि खाले घटना भयो राजधानीको माइतिघर मण्डलामा पनि।

माइतीघरमा शनिबार निकालिएको त्यो विरोध सभामा महिला, केहि तेश्रो लिंगी र केहि पुरुषहरुले पनि विरोध कार्यक्रममा भाग लिएका थिए। उनीहरुको माग थियो बलात्कारीलाई कडा सजायंको साथै फाँसीको माग गर्दै महिलाहरुले आफ्नो भित्रि बस्त्र (पेटिकोट) मात्रै लगाएर माइतीघर सडकमा केहीबेर प्रदर्शन गरे ।

प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन ।

 

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version