काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन् । त्यसका लागि प्रम ओलीले आफू निकटका नेताहरुसँग परामर्श थालेका छन् ।

‘राष्ट्रिय रुपमा उठेका विषयहरुमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने गृहकार्य भइरहेको छ ’, प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘कहिले बोलाउने भन्ने समय फिक्स भएको छैन । तर एकदुई दिनभित्रै हुन्छ होला ।’

नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला सर्वदलीय बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री रहेको पुष्टि गरे ।

उनले बैठकमा छलफलका एजेण्डाबारे औपचारिक रुपमा थाहा भैनसकेको भन्दै राष्ट्रिय विषयमा नै छलफल हुनसक्ने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version