हुम्ला: सरकारी स्वामित्वको राष्ट्रिय ध्वजा बाहक नेपाल एयरलाईन्सले नौ महिनापछि हुम्लामा पूनः ब्यासयीक उडान सुरु गरेको छ । गत चैत्र महिनाबाट बन्द भएको उडान कोरोना संक्रमणको त्रास कम भएपछि नेपाल एयरलाईन्सले आफ्नो उडान सुरु गरेको हो ।
नेपाल एयरलाईन्सको सिमकोट शाखाका प्रमुख बल बहादुर सुनारका अनुसार निक्कै प्रयास पछि कोरोना संक्रमणको त्रास जिल्लामा कम भएपछि ब्यबसायीक उडान सुरु गरेको बताए ।
नौ महिना पछिको पहिलो उडानमा नेपाल एयरलाईन्सले नेपालगंजबाट १४ जना यात्रु भरेको र सिमकोटबाट नेपालगंजका लागि एक जना बालक सहित सात जना यात्रु भरेको उनले बताए ।
अब नेपाल एयरलाईन्सले नियमित उडान भर्ने उनले बताए । नेपालगंजबाट प्रति यात्रु भाडादर सात हजार नब्बे रुपियाँ कायम गरिएको छ भने सिमकोटबाट नेपालगंजका लागि छ हजार ३९५ रुपियाँ कायम गरिएको छ ।
नेपालगंजबाट अन्य नीजि क्षेत्रका एयरलाईन्सहरुले प्रतियात्रु दश हजार पाँच सय रुपियाँ भाडा लिने गरेका छन् भने सिमकोटबाट नेपालगंजका लागि सीताले पाँच हजार पाँच सय र तारा तथा समिट एयरले छ हजार रुपियाँ भाडा लिदै आएका छन् ।
सिमकोटबाट नेपालगंजका लागि नीजि भन्दा पनि सरकारी स्वामित्वको जहाजमा भाडा महङ्गो भएपछि भाडा घटाउनका लागि बिभागलाई पत्र लेखेर पठाएको प्रमुख सुनारले बताए ।
हाललाई हप्तामा सोमवार मात्र फ्लाईट भएपनि यात्रुको चाप हेरी दुई देखि तीन उडान थपका लागि पहल भई रहेको उनले बताए ।
कोरोनाका बेला दुई हप्ता मात्र नीजि एयरलाईन्सका जहाजहरु बन्द भएपनि त्यसपछि भने ती जहाजहरुले उडान भर्दै आएका छन् ।
