काठमाडौँ : सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब देशभरका पत्रकारले सबै जिल्ला हुलाक कार्यालयमार्फत पत्रकार परिचय पत्र अर्था प्रेस प्रतिनिधि प्रमाणपत्र जारी गर्न सकेन अधिकार प्रत्यायोजन भएको बताएका छन्।

संचार मन्त्रालयको मङ्सिर २२ गतेको मन्त्रिस्तरीय निर्णयबाट जिल्लाको सम्बन्धित हुलाक कार्यलयमा पुगेर रीत पुर्वक भरिएको फारमलाई पत्रकार परिचय पत्र प्रदान गर्न निर्णय भएको उनले बुधाबार संचार मन्त्रालयमा आयोजित मन्त्रिपरिसधको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

“अव पत्रकाहरु समस्यालाई मध्यनजर गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न हुलाकबाटै पाउने छन् । सञ्चार तथा सूचना मन्त्रलायले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजन गरेर सो निर्णय गरेका हौँ,” उनले भने ।

अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउनेछ

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version