काठमाडौं: ललितपुरको ग्वार्को स्थित उज्वल पेट्रोल पम्पमा आगलागी भएको छ ।

 

तेल लिएर आएको ट्यांकरको अघिल्लो भागबाट अचानक आगो सल्किएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् । पम्प छेउको घरमा पनि आगो सल्किएको छ ।

 

सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुले आगो आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

 

अहिलेसम्म मानविय क्षति हुन नपाएको एसएसपी बज्राचार्यले बताइन् । आगलागीबाट जोडिएको घरमा क्षति पुगेको छ भने केही मोटरसाइकल जलेको छ । यस्तै एउटा तेल ट्याङ्करको अगाडिको भाग जलेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version