चितवन, २९ मङ्सिर(रासस):
गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताउनुभएको छ ।

 

प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने स्पष्ट गर्नुभयो ।

नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भन्नुभयो, “यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।” अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । (तस्वीर उपलब्ध छ ।)ं

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version