काठमाडौँ: सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको कृषि मन्त्री घनश्याम भुषाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठकले व्यापारी पक्रने निर्णय गरेको हो ।

अघिल्लो वर्ष सरकारकै उपस्थितिमा तिर्ने भनेर कबोल गरेको उखुको बक्यौता रकमसमेत नपाएपछि उखु किसानहरू अहिले काठमाडौंमा सडकमा आन्दोलन छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version