काठमाडौँ, ३० मङ्सिर: 
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ५.७५ बिन्दुले घटेर २०६१.४१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७४ ले घटेर ३८७.४२ मा ओर्लेको छ ।

कूल २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता शेयर रु छ अर्ब छ करोड ९३ लाख ३१ हजार ६८७ मूल्यमा खरिद बिक्री भए । आजको कारोवारका आधारमा बजार पूँजीकरण रु २७ खर्ब ६३ अर्ब ६५ करोड ५६ लाख बराबर पुगेको छ । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ०.०८, लघुवित्त ५९.५९ र जीवन बीमा ५१.७९ बिन्दुले उकालो लागेको छ ।

यस्तै, व्यापार ५४.५६, होटल २०.५४, विकास बैंक २४.१४, जलविद्युत् १८.८५, वित्त ६.१९, निर्जीवन बीमा ८१.९६, उत्पादन ११५.१३, अन्य १८.८९ र सामूहिक जीवन बीमा ०.०७ बिन्दुले ओरालो लागेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५२ करोड ३८ लाख २६ हजार ७५६ बराबरको कारोवार भएको छ ।

यस्तै, पुनःबीमा कम्पनी रु ३६ करोड आठ लाख २७ हजार ४८०, नेपाल बैंक लिमिटेड रु २२ करोड ६३ लाख ९६ हजार ४३४, नबिल बैंक रु २० करोड एक लाख ११ हजार ६८४, एनआइसी एशिया बैंक रु १९ करोड १९ लाख ७४ हजार, शिखर इन्स्योरेन्स कम्पनी रु १९ करोड ११ लाख ७६ हजार ६०४ र शिवम् सिमेन्ट रु १७ करोड २० लाख ६५ हजार ५४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, कारोवारका आधारमा उन्नति सहकार्य लघुवित्त ९.९८, सामहुली सामुदायिक लघुवित्त ९.९८, गुराँस लघुवित्त ९.९८, ग्लोबलअ आइएमई लघुवित्त ९.९४ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८३ प्रतिशतले कमाए ।

त्यस्तै, मल्टीपर्पोज फाइनान्स कम्पनी ४.७६, सिन्धु विकास बैंक ४.२२, सन्राइज फस्ट म्युचुअल फण्ड ३.८०, नेपाल हाइड्रो ३.८० र शिखर इन्स्योरेन्सका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए ।
–––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version