काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नक्सा जारी गर्ने सन्दर्भमा आफूले ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको बताएकी छन्।

काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितिमा शनिबार ललितपुरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले आफू प्रलोभनमा नभूलेको र धाकधम्कीले नडराएको बताएकी हुन्।

विगतमा छुटेको नेपाली भू–भाग समेटेर नक्सा सार्वजनिक गर्न आफूले निकै ठूलो चुनौतीका पहाडहरु झेल्नुपरेको उल्लेख गर्दै उनले राष्ट्रका लागि त्यो निकै महत्वपूर्ण तथा ऐतिहासिक काम भएकाले आफू अठोटका साथ अगाडि बढेको र अद्यावधिक नक्सा जारी गर्न सफल भएको बताइन्।

‘नेपालको भूगोल समेटिएको नक्सा हामीसँग थिएन र यो बनाउनु निकै चुनौतीपूर्ण थियो। मैले खुट्टा नटेकौँ भन्ने चाहेको भए मेरो जीवनको त कुरा छोडौँ मेरा पुस्तौँपुस्ताका निम्ति पुग्ने गरी प्रस्ताव आएका थिए’, मन्त्री अर्यालले भनिन्, ‘तर म डगमगाइन्, कुनै पनि लोभलालच, डर धम्कीबाट नडराएर अगाडि बढेँ।’

मन्त्री अर्यालले महिलाहरुमा क्षमता नै हुँदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताइन्। सकारात्मक आलोचनाका लागि सधैँं तयार हुनुपर्ने भन्दै उनले सकारात्मक आलोचनाले मान्छेलाई सच्याउन मद्दत गर्ने बताइन्।

‘महिलाहरुमा क्षमता नै छैन भन्नेहरुलाई जिम्मेवारीमा रहेका महिलाहरुले व्यवहारबाट कार्यान्वयन गरेर देखानुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘सकारात्मक आलोचनाबाट डराउनुप पर्दैन। यसलाई म सकारात्मक रुपमा नै लिन्छु । सकारात्मक आलोचनाले आफुलाई सच्याउन मद्दत गर्दछ।’

आफू मन्त्रीको जिम्मेवारीमा आइसकेपछि राज्यबाट दिने सुविधा श्रीमान र श्रीमती दुवैको नामबाट दिनुपर्छ भन्नेगरी भूमि नीतिमा व्यवस्था गरिएको भन्दै मन्त्री अर्यालले श्रीमान् श्रीमती दुवैको नाममा जग्गा हुने व्यवस्था गर्न संयुक्त लालपुर्जाको व्यवस्था गरिएको बताइन्।

‘सबै ठाउँमा अनिवार्य हुनेगरी लागू गर्न सकियो भने सम्पत्तिमाथि महिलाको अधिकार सुनिश्चित हुनेछ। यसले महिलामाथि हुने विभेदलाई न्यूनीकरण गर्न सकिन्छ’, उनले भनिन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version