काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताएका छन्।

आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै प्रेस संयोजक विष्णु सापकोटाले भने।

उनले प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग भेट्न नमानेको र आफूहरु खुमलटार फर्किँदै गरेको जनाकारी दिए।

‘प्रधानमन्त्रीले अध्यक्षज्यूसँग भेट्न मान्नुभएन, हामी खुमलटार फर्कंदै छौँ’, सापकोटाले भने।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रतिसमक्ष सिफरिस गर्ने निर्णग गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version